Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लिग २ अन्तिम शृंखलाका लागि क्यानले गर्याे १४ सदस्यीय क्रिकेट टीमको घोषणा

लिग २ अन्तिम शृंखलाका लागि क्यानले गर्याे १४ सदस्यीय क्रिकेट टीमको घोषणा

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय क्रिकेट टीमको घोषणा गरेको छ ।

    images
    images
    images

    सो टीममा सन्दीप जोराको स्थानमा ललितनारायण राजवंशीलाई टीममा समावेश गरेको छ । त्यस्तैगरी मौसम ढकाल र सन्दीप जोरा, अर्जुन साउद र कमलसिंह ऐरी वैकल्पिक खेलाडीको सूचीमा छन् ।

    बिहीबार शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ भने दोस्रो खेल मार्च १२ मा यूएईसँग खेल्दैछ । लगतै तेस्रो खेल मार्च १३ र अन्तिम खेल पीएनजीसँग मार्च १६ मा खेल्नेछ ।

    नेपाली टीममा
    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी रहेका छन् । 

    league-2.jpeg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij