
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहानसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा मंगलबार बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।
बैठकले भोलिसम्म प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जनाइएको छ ।यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सोहीअनुसार आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij