
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । माओवादी धाराका राजनीतिक दलको संयुक्त बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अघि बढ्ने निर्णय गरेको बताइएको छ ।
त्यस्तै संक्रमणकालिन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउने समझदारी भएको छ ।
सोहीअनुसार काम चाँडै सम्पन्न गराउन लागि आवश्यक ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहने निर्णय गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij