
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातिदेखि मौन अवधि सुरु भएको लागि निर्वाचन आयोगले जनाएको छ।
मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ।
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij