Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

  • काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही रहेको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  कोशी र बागमती प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपरान्हतिर हावा हुरीको सम्भावना रहेको छ।

    आज राति  कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij