
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको केन्द्रीय समिति बैठकले एनेसलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । एन्फाद्वारा जारी विज्ञप्तिमा पदपूर्ति समितिको सिफारिस अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाइएको छ ।
एनेस इटालियन व्यावसायिक फुटबल प्रशिक्षक र पूर्वखेलाडी हुन् । हाल उनी इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij