
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा सोमबार साँझ उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij