
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । मोरङमा स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।
जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij