Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कुमारी बैंकको सेयर आजबाट बिक्रीमा

कुमारी बैंकको सेयर आजबाट बिक्रीमा

  • काठमाडौं । कुमारी बैंकको करिब ३ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। बैंकले फागुन १६ गतेबाट संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

    images
    images
    images

    बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

    बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र सोभन्दा बढीका लागि १ हजारले भाग जाने संख्यामा खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

    बोलपत्र धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको काठमाण्डौको नक्साल नागपोखरीस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो फागुन ३० गतेसम्म तोकिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij