
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता गठबन्धनका नेताहरु बालुवाटार जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटघाट तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसले एकदुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरिरहँदा यो सरकार बन्ने क्रममा भएको सहमति स्मरण गराउन सत्ता गठबन्धन दलबीच छलफल हुन लागेको हो । राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।
त्यसैगरी सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij