
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । अवैध रुपमा ल्याएको चाँदीसहित एकजना पक्राउ परेका छन् ।
सप्तरीको कल्याणपुर बजारबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएका चाँदीका गरगहनाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा झापाको शिवसतासी नगरपालिका वडा नम्बर ११ बस्ने ३१ वर्षीय कुमार तिरुवा विश्वकर्मा रहेका छन् ।
उनको साथबाट पत्थरबिनाको बाला थान १६, ब्रासलेट ३ थान र चाँदीका टुक्राहरू गरी जम्मा तौल गर्दा ७५ तोला ८ आना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरी पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij