Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कुमारी बैंकद्वारा सेयर बिक्रि घोषणा

कुमारी बैंकद्वारा सेयर बिक्रि घोषणा

  • काठमाडौं । कुमारी बैंकले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री घोषणा गरेको छ । सो बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो ।

    images
    images
    images

    यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी यसका लागि प्रमुख हकदारमा परेका छन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनु पर्नेछ । सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ । 

    सुचना अनुसार उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij