
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । एक महिला घरमै मृत अवस्थामा भेटिएकी छन् । सल्यानको बाग्चौर नगरपालिका १० पिपलनेटामा ३५ वर्षीया टीका खड्का घरमै मृत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार शनिबार बेलुकी खाना खाएकी खड्का घरकै भान्साकोठामा मृत अवस्थामा भेटिएकी हुन् । माईती पक्षले घटना शंकास्पद रहेको र श्रीमान्ले हत्या गरेको आरोप लगाएका छन् ।
सोही कारण प्रहरीले मृत खड्काका श्रीमान् रमेश खड्कालाई नियन्त्रणमा लिएको छ । मृतक महिलाका श्रीमान रमेश खड्काले भने अचानक पेट दुखेका कारण मृत्यु भएको बयान दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij