
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय समितिको प्रमुख सचेतकमा कुमरकान्त झा नियुक्त भएका छन् । उनलाई नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
मंगलबार संसदीय दलका नेता यादवले झालाई प्रमुख सचेतक नियुक्त गरिएको पत्र प्रदान गरेका छन् । कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम झालाई प्रमुख सचेतक नियुक्त गरिएको हो । समानुपातिकतर्फ धनुषाबाट प्रदेशसभा सदस्यमा झा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij