Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

अल्का अस्पतालले सबै सेवामा ३० प्रतिशत छुट

अल्का अस्पतालले सबै सेवामा ३० प्रतिशत छुट

  • ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल आज (बुधबार)देखि १७ वर्षमा प्रवेश गरेको छ। अल्का अस्पताल २०६३ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको हो।

    onlinepatrika
    Arghakhachi

    वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले बुधबार आफ्ना सबै सेवाहरूमा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ। अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरूको उपचारमा कुनै पनि कन्जुस्याई नगर्ने बताए।

    AGNI GROUP

    अल्का अस्पतालले नयाँ-नयाँ प्रविधि भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ। टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया लगायतका विशेषज्ञबाट अस्पतालले बिरामीलाई सेवा दिइरहेको छ। 

    अल्का अस्पतालमा सुविधा सम्पन्न ल्याव र आफ्नै नसिर्ङ कलेज छ। वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij