
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नयाँ बसपार्कस्थित ल्होत्से मलमा भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले सरकारसँग माग गरेका छन् ।
यातायात मजदुरहरूको आन्दोलनका क्रममा केही व्यक्तिहरूले ल्होत्से मलभित्र पसेर दुई मोबाइल पसल र मोबाइल रिपेरिङ ल्यावमा लुटपाट गरेका थिए ।
आज प्रतिनिधि सभा बैठकमा सांसद महतले लुटपाटमा संलग्नमाथि तत्काल सरकारले कारबाही गर्नुपर्ने बताए । उनले यातायात मजदुर तथा व्यवसायीहरूले उठाएका माग सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।
उनले यस्ता क्रियाकलापबाट अराजक फैलने डर हुने भन्दै तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनले बताए। मंगलबार पत्रकार सम्मेलन गरी मोबाइल व्यवसायीहरूले लुटपाट भएको क्षतिपुर्ति सरकारले व्यहोर्नुपर्ने बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij