Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन सवारी दुर्घटनामा !

सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन सवारी दुर्घटनामा !

  • ललितपुर । बोत्सवाना देशका अवैतनिक वाणिज्य दुत तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनसहित परिवार सवारी दुर्घटनामा पर्नुभएको छ ।
    आफ्नो परिवारको सदस्यलाई भेटघाट भन्दै बेलायत पुग्नुभएका महर्जन परिवार दुर्घटनामा परेको बताइएको छ ।

    images
    images
    images

    बेलायतको Polegate, United Kingdom सहरमा अध्यक्ष महर्जनसहित श्रीमती राजमाया महर्जन सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पर्नुभएका महर्जन सामान्य घाइते हुनुभएको छ भने उहाँकी श्रीमती महर्जनलाई छाती र करङ्गमा गम्भीर असर परी घाइने हुनुभएको छ । 

    बेलायतस्थित Eastbourne District General Hospital मा उपचारत महर्जन परिवारलाई तत्कालै लामो यात्रासमेत गर्न नहुने उपचारमा संलग्न चिकित्सकले सल्लाह दिएको अनलाइन पत्रिकासँग ग्रुपका अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, 'सबैको प्रार्थनाले हामी सुरक्षित छौं, सबैप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij