
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । शस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला पूहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका १ का ईराज तामाङ, सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् ।यसैगरि अन्य दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij