Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : अर्थमन्त्री पौडेल

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : अर्थमन्त्री पौडेल

  • काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको बताएका छन् । उनले आज विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा व्यक्त गरेका हुन् ।

    images
    images
    images

    मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने बताए ।

    उनले सामुदायिक रेडियोहरू पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेषण गर्नुपर्ने बताए । मन्त्री पौडेलले सामुदायिक रेडियोहरूको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरूको समाधानका लागि प्रतिनिधिमूलक ढङ्गबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरे ।

    उनले रेडियोहरूको गति तिब्र रूपमा अघि बढ्न जरुरी रहेको बताए । नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पुर्‍याउन सक्नुपर्ने उनले उल्लेख गरे ।

    विगतका शान्ति प्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताए। रेडियो र शान्ति भन्ने नारासहित यस वर्ष विश्व रेडियो दिवस मनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij