
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । 'जनयुद्ध दिवस'का दिन सार्वजनिक बिदा दिएकोमा मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । बागमती र कर्णाली प्रदेश सरकारले उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै सो समाजले दुवै प्रदेशका उक्त निर्णय विवादास्पद, लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल भएको ठहर गरेको छ ।
त्यस्तै समाजले काठमाडौंमा राष्ट्रपति विद्या देवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएको घटनाप्रति पनि निन्दा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij