Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

वडाध्यक्ष श्रीगोपाल महर्जन भन्छन्, ‘यो मेरो नियत र जिम्मेवारी जाँच्ने समय हो ।’

वडाध्यक्ष श्रीगोपाल महर्जन भन्छन्, ‘यो मेरो नियत र जिम्मेवारी जाँच्ने समय हो ।’

  • गोपाल महर्जन । ललितपुर महानगरपालिकाको वडा नं ३ का वडाध्यक्ष हुन् । मिर्गौला बेचबिखन प्रकरणमा मुछिएका वडाध्यक्ष महर्जन धरौटीमा छुटेका छन् । यो प्रकरणमा एउटा सिफारिश पत्रमा हस्ताक्षर गरिएको पाइएपछि उनी अनुसन्धानमा परेको हो ।

    धरौटीमा रिहा भएपछि अहिले वडाध्यक्ष महर्जन चुस्त सेवा दिने नियमित दैनिकीमा फर्किएका छन् । उनै वडाध्यक्ष महर्जनसँग अनलाइन पत्रिकाकर्मी गंगा दुःधराजले गरेको विशेष सम्वादको संपादित अंश ।

    १) अहिले कस्तो महसु्स गर्दै हुनुहुन्छ ?

    – फेरि जिम्मेवारीसहित सेवाग्राहीको सेवामा हाजिर हुन पाउँदा निकै खुशी लागेको छ । राजनीतिकरूपमा भन्ने हो भने पुरातन सोचलाई त्यागेर आमूल परिवर्तनतिर लाग्नुपर्छ भन्ने मेरो सोचाई अझ दिगो बनेको छ । त्यही सोचका साथ अहिले म जनप्रतिनिधिको भूमिकामा सेवा दिन अग्रसर भएको छु । बाँचुन्जेल जनताको लागि केही काम गर्नुपर्छ भन्ने मलाई अनुभूतिले मलाई उर्जाशील बनाएको छ ।

    २) अहिले घटनाको सम्बन्धमा केही बोल्नुहुन्छ ?

    – सबैजनाको आफ्नै गन्तव्य र लक्ष्य हुन्छ । काम गर्ने क्रममा विभिन्न समस्याहरू आइरहन्छन् । यसबाट डराएर र हारेर भाग्नुहुन्न । गन्तव्यमा पुग्नको लागि धेरै चुनौतीहरूको सामना गर्नुपर्छ । मैले हरेक चुनौतीहरुको सामना गरेर सेवामा सक्रिय भएको हुँ । कतिले हार खान्छन् । सेलाउँछन् । कतिले सफलता पाउँछन् । अघि बढ्छन् । कामको सिलसिलामा अनेकरुपमा यस्तो दुर्घटनाको घटना हुन्छ नै । यसलाई यो प्रकरणलाई सामान्यरूपमा लिनका लागि मेरा आदरणीय जनतासमक्ष हार्दिक आग्रह गर्दछु ।

    काम गर्ने क्रममा धेरै अनुभवीहरुपनि दुर्घटनामा पर्नसक्छ । कसैलाई कुनै वस्तु चाहियो वा कुनै प्रलोभनमा पार्न अनेकन खेल भयो भने दुर्घटना हुनसक्छ ।

    ३) तपाईँ जिम्मेवारीमा कडा हुनुहुन्छ, फेरि कसरी चुक्नुभयो ?

    – जनप्रतिनिधि हुनलाई योग्यता भएको व्यक्ति नै चाहिन्छ । सबै दक्ष नै हुन्छन् । जनप्रतिनिधि हुनका लागि पनि योग्यता भएको व्यक्तिलाई नै लिइन्छ । काम गर्ने क्रममा धेरै अनुभवीहरुपनि दुर्घटनामा पर्नसक्छ । कसैलाई कुनै वस्तु चाहियो वा कुनै प्रलोभनमा पार्न अनेकन खेल भयो भने दुर्घटना हुनसक्छ ।

    वडा भनेको जनप्रतिनिधिमूलक संस्था हो । यसमा नेपाल सरकारको कानुन पनि मान्नुपर्छ । र, विश्वासको कानुन पनि मान्नुपर्छ । विश्वास नै व्यवहारिक कानुन हो । यी दुवै कानुन मान्दा खेरि यस्तो दुर्घटना हुनसक्छ । कागज मात्रले धेरै कुरा बोल्न सक्दैन । कागज भन्दा बाहेक मानिसले आन्तरिकरुपमा व्यवहार र बानी चिनीरहेको हुन्छ । चिनेको आधारमा पनि कामहरू भइरहेको हुन्छ । काम गर्दा कुनै आधार नभई कुनैपनि काम गरेको हुँदैन । कुनैपनि हालतमा कागजात नमिलेको अवस्थामा यी कुराहरुलाई व्यवहारिक रूपमा मिलाउन सक्दैन । र, म मिलाउनेतिर कुनैपनि रुपमा सक्रिय हुने बानी छैन । यो पटक व्यवहारिकरूपमा यसलाई लिदाँ यस्तो हुन गयो । यसमा अन्यथा लिनु हँुदैन । यो पटक म चुकेँ ।

    ४) प्रहरी हिरासत पर्नुभयो । मनमा के आयो ?

    – मलाई प्रहरीले अनुसन्धानको लागि पक्रेपछि मनमा केही आएन । किनभने मैले त्यस्तो गलत केही काम नै गरेकै होइन । प्रहरीसँग धेरै चोटी मेरो भेटघाट भएको हो । गलत गर्ने मान्छेले पश्चाताप भोग्नैपर्छ । यसको परिणाम ढिलो चाँडो सबैको भागमा पर्छ नै ।
    झूठो टिक्न सक्दैन, साँचो डग्न सक्दैन । भन्ने उखान हामी सबैलाई थाहा छ । यसको किनारा अवश्य लाग्छ नै । परिबन्द भन्ने कुरा सबैमा हुन्छ । कोहीकोही यसमा जानजानी पर्न सक्छन् । त्यो फरक बहसको कुरा हुन जान्छ ।

    ५) धेरै सेवाग्राहीको मनमा बस्न सफल तपार्इँ एकाएक यस्तो अपराधमा फसेपछि जिम्मेवारीप्रति कस्तो सोच पलायो ?

    – यो पटक म परेँ । यो मेरो नियत र मेरो जिम्मेवारी जाँच्ने समय जस्तो लाग्छ । यति धेरै माया र साथ पाउँछु जस्तो लागेको थिएन । म जनताको मनमा छु भन्ने विश्वास भयो । सहकर्मीै साथीहरु र मेरो नियतलाई बलियो स्तम्भ मानेर सघाउने सबैप्रति म नतमस्तक नै छु । आभारी छु । मेरो जिम्मेवारी अझ बलियो बनेको छ । यसकारण यस अनलाइन पत्रिकामार्फत सबैप्रति पुनः एकपटक हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

    ६) धेरैको बधाई पाउनुभयो । अबको जिम्मेवारी र यात्रा कस्तो रहनेछ ?

    – ५ वर्षको कार्यकाल हो हाम्रो । अब दुईवर्षको कार्यकाल बाँकी छ । यो समयभित्र जनताप्रतिको मेरो सेवालाई अझ परिस्कृत र सहज बनाउनेछु । अबको बाँकी समयभित्र हाम्रो यस वडाले ५ वर्षभित्र गर्ने भनेर प्रतिबद्धता जनाएको कुरालाई पूरा गर्नेतिर अहोरात्र अग्रसर रहनेछु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij