Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

टर्की भूकम्प : २४ हजारको मृत्यु

टर्की भूकम्प : २४ हजारको मृत्यु

  • काठमाडौं । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म करिब २४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने, दशौँ हजार घाइते भएका छन् ।

    images
    images
    images

    उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार २१३ जना तथा सिरियामा ३ हजार ५०० जनाले ज्यान गुमाएका छन्। उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने आशमा छन् ।

    भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिए रहेका ६ जना मानिसको १ सय १ घण्टापछि जीवीत उद्धार गरिएको छ । शुक्रबार अर्थात् भूकम्प गएको पाँचौं दिनमा टर्कीको दक्षिणी क्षेत्र हतायाको इस्केन्देरनस्थित भत्किएको भवनभित्रबाट एकै परिवारका ६ जनालाई उद्धार गरिएको हो ।

    टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । भूकम्पले भत्काएको भग्नावशेषबाट  उद्धार कार्य जारी रहेको छ ।
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij