Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

भीड थाम्न नसकेपछी १० दिनमै हटाइयो न्यूरोडको ‘अम्रेला स्ट्रिट’ !

भीड थाम्न नसकेपछी १० दिनमै हटाइयो न्यूरोडको ‘अम्रेला स्ट्रिट’ !

  • काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको ‘अम्रेला स्ट्रिट’ हटाइने भएको छ । कोरोना कहरका कारण व्यापार व्यवसाय ठप्प भएका कारण मानिसको चहलपहल बढाउने र खस्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर संकटा मन्दिर जाने गल्ली सिँगारिएको थियो ।

    images
    images
    images

    गएको मंसिर अन्तिममा चिया गफमा बनेको योजनाले १० दिनमै पूर्णता पाएको थियो । पुस ९ गतेदेखि पुरा भएको ‘अम्रेला स्ट्रिट’ अस्वभाविक भिडभाड बढ्न थालेपछि १० दिनभित्रै बन्द गर्नुै पर्ने अवस्थामा पुगेको छ ।

    करिव १ सय ५० मिटरमा फैलिएको ‘अम्रेला स्ट्रिट’मा ४ सय ३० वटा छाता राखिएका थिए । ‘अम्रेला स्ट्रिट’मा दैनिक १५ हजार आसपासमा मानिसहरु आउने गरेका थिए ।

    छाता राखेसँगै न्यूरोडको टेबहाल गल्लि एकाएक भाइरल बनेको थियो । फेसबुक इन्स्ट्राग्राम, टिकटकमा अम्रेला स्ट्रिट भाइरल नै बनेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij