
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । कम्पनीले आज माघ २७ गते आज बिहान एक कार्यक्रमको आयोजना गरी आइपीओ बाँडफाँट गरेको हो ।
यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १०५ अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ ।
यस्तै, ५५ अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij