Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बेलायतद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

बेलायतद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

  • युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन ‘अभिजात वर्गहरू’विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् ।

    images
    images
    images

    युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुगेका छन् । उनले बेलायतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमबीच यो घोषणा गरिएको हो ।

    यो घोषणा युक्रेनविरुद्ध ड्रोनजस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउने ६ संस्था, कुलीन आठ व्यक्तिहरू र एउटा संस्थाविरुद्ध केन्द्रित हुनेछ । बेलायती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप आर्थिक दबाब पर्ने बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij