Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

मायाखोला हाइड्रोको आइपिओ बाँडफाँट

मायाखोला हाइड्रोको आइपिओ बाँडफाँट

  • काठमाडाैं । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

    onlinepatrika
    Arghakhachi

    क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो ।

    AGNI GROUP

    कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकी रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउँन योग्य रहेको क्यापिटलले जनाएको छ ।

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ । जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

    कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij