
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज १ बजेका लागि बोलाइएको छ । दलहरूबीच विवाद कायम रहेका बेला सो प्रदेश सभाको बैठक आज बिहीबारका लागि बोलाइएको हो ।
सभामा प्रतिनिधित्व गर्ने सात दलबीच संसदीय समितिको नेतृत्वको विषयमा विवाद भएपछि माघ २३ गते सोमबार स्थगित भएको बैठक आजका लागि बोलाइएको हो ।
आजको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ । प्रदेशसभा सचिवालयले सर्वदलीय सहमतिमै बैठक आह्वान गरे पनि ‘सभाले बैठकको बिजनेस प्राप्त गर्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij