Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

जीप र मोटरसाइकल ठोक्किदा २३ वर्षीय चालक बिते 

जीप र मोटरसाइकल ठोक्किदा २३ वर्षीय चालक बिते 

  • काठमाडौं । काठमाडौंको तीनकुने मुनिभैरवमा आज बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्किदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राई छन् ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान साढे तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका-२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    आज बिहान तीन बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोकिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij