
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । झापामा कुखुरापालक तथा अण्डा उत्पादक किसानले जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् । व्यापारबाट बैङ्कको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत भारतबाट अवैध रूपमा कुखुरा तथा अण्डा आउने क्रम नरोकिएकाले किसानहरु आन्दोलित भएका हुन् ।
कुखुरा सडकमा फाल्दा केही कुखुरा मरेका छन् भने केही समय सडक अस्तव्यस्त बनेको थियो । सडकमा नआएसम्म कसैको ध्यान नजाने भन्दै आफूहरु विरोधमा उत्रिएको कुखुरापालक अगुवा किसान देवेन्द्र प्रसाईँले बताए ।
प्रदर्शनमा उत्रिएका किसानले बिचौलियाका कारण आफूहरूको उत्पादन बजारमा जान नसक्ने अवस्था आएको र जाँदा पनि उत्पादन मूल्य समेत नपाएको गुनासो गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij