
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । सोमबार सेयर बजारमा ४ दशमलव ५७ अंकको वृद्धि भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा भने बढेको हो । ० दशमलव २२ प्रतिशतले वृद्धि भएको सेयर बजार २१०० दशमलव ६५ बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार २५९ धितोपत्रको २९ हजार ८४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार आदर्श लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यो कम्पनीको लगातार तेस्रो कारोबार मूल्य बढेको हो । माहुली लघुवित्तको ५ दशमलव ५१, युनिभर्सल पावर, सिभिल लघुवित्तको मूल्य धेरैले बढेको छ ।
सोमबार सबैभन्दा धेरै लक्ष्मी बैंक डिभेन्चरको मूल्य घट्यो । बाराही हाइड्रो, मिथिला लघुवित्तसहितका कम्पनीको मूल्य धेरै घट्नेमा रहेको छ । एनआईसी एसिया बैंक, युनिभर्सल पावर, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको धेरै कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij