Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

राष्ट्र बैङ्कका प्रथम गभर्नर जबराको निधन

राष्ट्र बैङ्कका प्रथम गभर्नर जबराको निधन

  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

    images
    images
    images

    १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नर बनेका थिए । हिमालयन बैङ्कदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए ।

    हिमालय शमशेर जबराको जन्म वि.स. १९८४ मा भएको हो । राणा प्रधान मन्त्री श्री ३ देव शम्शेरका नाती हुन् । उनी राणा परिवारका भए पनि उनमा प्रजातन्त्रको चेत थियो । उनी स्वयम् राणाविराधि आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

    राणाले आफ्नो जीवनकालमा कहिल्यै आराम गरेनन् । १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर मासिक ८ सय तलव खानेगरी गभर्नरको नियुक्ती दिँदा उनी मात्र २९ वर्षका थिए ।

    पहिलो गभर्नरका रुपमा २०१३ देखि २०१७ सम्म आफ्नो कार्यकाल सम्हालेका राणाले २००८ देखि २०१३ सम्म अर्थ मन्त्रालयको पहिलो सचिवको कार्यभार सम्हालेका थिए ।

    राणाको नेतृत्वमा राष्ट्रबैंकले नेपालको वित्तीय क्षेत्रमा उथलपुथल नै ल्याएको थियो । नेपालमा भारतीय नोटको प्रचलनलाई हटाउनेदेखि अनेकन वित्तीय सुधारका कामहरु राष्ट्र बैंकले गरेकाे थियाे ।

    राष्ट्रबैंकबाट रिटायर्ड भएपछि पनि उनी निस्क्रिय बसेनन् । उनले केही समय संयुक्त राष्ट्रसंघको उच्च पदमा काम गरेका थिए । त्यसपछि रजबरा व्यवसाय समेत लगरेका थिए । उनले खोलेका हिमालयन बैङ्क लिमिटेड नामको बैंक अहिले नेपालको क बर्गको बैङ्कमा गनिन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij