
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । उनले आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो मौनता सकिएको र आफू अभिमन्यु नभएको बताएका हुन् ।
आफूमाथि भइरहेको आलोचनाप्रति आपत्ति जनाउँदै सभापति लामिछानेले आफूलाई भन्न, गर्न, लेख्न केही भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन’, ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यसपछि उनी गृहमन्त्रीसँगै पार्टीको सभापतिबाट पदच्युत भएका थिए । उनले गत आइतबार पुनः नागरिकता लिएका थिए ।
त्यसपछि उनले गृह मन्त्रालय आफैँले पाउनुपर्ने दाबीसहित दौडधुप गरिरहेका छन् । गैरसांसद गृहमन्त्री बन्न नहुने भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij