
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ । एन्फाले आज बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ । मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
बिदाइ कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अनुशासित भएर लक्ष्यप्राप्तिका लागि खेल प्रदर्शन गर्न आग्रह गरे । महिला यू–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij