
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । पोखरामा सुरु भएको कार्यसमितिको बैठकमा ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाएका हुन् ।
क्यानका केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले चन्दको राजीनामा माग गरेका हुन् । नेपाल टी-२० लिग स्पट फिक्सिङमा अध्यक्ष चन्द मुछिएपछि उनीहरूले अध्यक्षको राजीनामा माग गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij