
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहान लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमाएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेस गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij