
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । वृद्धालाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स समातिएकी छन् । इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ ।
पाण्डेले द्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि उनलाई पक्राउ गरिएको हो । पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् ।
पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij