
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जना पक्राउ परेका छन् । प्रहरीले दोलखाको मेलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने ४७ वर्षीय भिमबहादुर तामाङलाई शनिबार पक्राउ गरेको छ ।
२०७८ साउन १ गते उच्च अदालत पाटनले तामाङलाई बैंकिङ कसुर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, तीनदिन कैद र ३८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति भराउने सजाय गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij