
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । कुष्ठरोग सम्बन्धि अन्तरक्रिया तथा र्याली गरेर ७०औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । 'द लेप्रोसी मिसन' र गोदावरी नगरपालिका ललितपुरको संयुक्त आयोजनामा हिजो (शुक्रबार) आनन्दवन अस्पतालमा ७०औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
दिवसको नारा 'कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ' भन्ने रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिले लेप्रोसी हस्पिटलको वृद्धि विकास र यहाँ दिने सेवालाई अझ प्रभावकारी बनाउन गोदावरी नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्टले कुष्ठरोग लागेकालाई भेदभावपूर्ण व्यवहार गर्न नहुने र यो रोग लाग्नबाट रोकथाम गर्नुका साथै रोग लाग्न नदिन सबैले जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीलगायत, जिल्ला जनस्वास्थ्यका प्रमुख सतिस विष्ट, प्रहरी परिसर चापागाउँका प्रमुख द्धारिका घिमिरे , वडाध्यक्ष, समाजसेवी, स्थानिय विद्यालयका शिक्षक र विद्यार्थी र लेप्रोसी हस्पिटलका चिकित्सक, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij