
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज हिजो मंगलबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij