
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । झापाको एक चिया बगानमा युवकयुवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।
दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालिएको र घटनाबारे थप केही कुरा खुलिसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij