
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij