
Apr 17 2025 | २०८२, वैशाख ४ गते
चीनको जनसङ्ख्या विगत ६० वर्षमा पहिलो पटक घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार चीनमा प्रति हजार महिलामा जन्मदर ६.७७ मा झरेको छ ।
सन् २०२२ मा चीनको जनसङ्ख्या १.४११८ अर्ब थियो । सन् २०२१ को तुलनामा यसमा ८ लाख ५० हजारको गिरावट आएको छ । चीनमा वर्षौँदेखि जन्मदर घट्दै गएकोले देशमा नीतिगत परिवर्तन गर्नुपरेको थियो ।
जनसङ्ख्यामा नकारात्मक असर देखेर चीनले सात वर्षअघि ‘एक सन्तान नीति’ अन्त्य गरेको थियो । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२२ मा यहाँको जन्मदर ७.५२ मा झरेको थियो ।
गत वर्ष चीनमा जन्मिनेभन्दा बढीको मृत्यु भएको थियो । गत वर्ष, चीनले १९७६ पछि सबैभन्दा उच्च मृत्यु दर रेकर्ड गर्यो, जुन प्रति एक हजार जनसङ्ख्यामा ७।३७ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij