Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध

  • काठमाडौं । प्रज्ञा भवनमा आज (शनिवार) ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध गरिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी रहेका उक्त कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो ।

    कालो मास्क, टोपी अथवा गलबन्दी लगाएका नेता तथा कार्यकर्तालाई सुरक्षाकर्मीले प्रवेशद्वारमै रोकेका थिए । कालो मास्क, टोपी वा गलबन्दी फुकालेपछि मात्र उनीहरुलाई पस्न अनुमति दिइएको थियो ।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली सहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ लगायत नेताहरुको सहभागिता रहेको छ ।

    यसअघि कार्की बैंक्वेटमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा पनि कालो मास्क प्रतिबन्ध गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij