
Jul 06 2025 | २०८२, असार २२ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको पात्र आजै संसद सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ भने हाल ओली नेतृत्वको सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने तयारी गरेका छन् ।
प्रतिनिधिभासभा नाउपाका चार सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता हुने छ ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा शुक्रबार सुदूरपश्चिमको सरकारबाट बाहिरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij