
Jul 06 2025 | २०८२, असार २२ गते
काठमाडौं । मधेस प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । ११ दिनपछि आइतबार सुरु भएको बैठकमा बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले विरोध गरेपछि स्थगित भएको हो ।
दिउँसो २ बजे बसेको बैठकमा विपक्षी दलहरूले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि अर्को बैठक नबस्दै सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा मुख्यमन्त्री,भौतिक मन्त्री,अर्थमन्त्रीसहित दलका नेताहरू समेत उपस्थित नभएपछि स्थगित गरिएको प्रदेशसभाको सचिवालयले जानकारी दिएको छ । बैठक सुरु नहुँदै विरोध हुन थालेपछि स्थगित गरिएको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बताए ।
बैठकमा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, राप्रपा, सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा उठेर विरोध जनाएका थिए । आज आर्थिक विधेयकसँगै बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij