
Apr 17 2025 | २०८२, वैशाख ४ गते
चीनले लङमार्च टु डी रकेकबाट १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उक्त रकेट उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
किलु–२ र किलु–३ लगायतका उपग्रहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका छन् । ‘अप्टिकल इमेजिङ’ उपकरणसहतिका ती उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिनेछन् ।
लङ मार्च टु डी रकेट चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनको सहायक कम्पनी साङ्घाइ एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीले निर्माण गरेको हो । लङ मार्च रकेट शृङ्खलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij