Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कर्णालीमा आज सभामुखको निर्वाचन

कर्णालीमा आज सभामुखको निर्वाचन

  •  काठमाडौं । कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको हो ।

    images
    images
    images

    सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उम्मेदवार नेकपा ९एमाले०का नन्दा गुरुङको र नेपाली काँग्रेसका खड्ग पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उम्मेदवारी दर्ता भएको हो ।

    काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य द्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij