
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ८८ पैसा र बिक्री दर १५९ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij