
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । आईजी धिरजप्रताप सिंहले उपत्यका अपराध अनुसन्धान शाखामा प्रहरीमा अब्बल मानिएका एसएसपी डा. मनोज केसी र काठमाडौं परिसरमा दानबहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । केसी र कार्कीका साथै ललितपुर परिसरमा सिद्धिविक्रम शाहले जिम्मेवारी पाएका छन् ।
एसपी हुँदा शाहले ललितपुर, केसीले रुपन्देही र कार्कीले कास्की जिल्लाको कमाण्ड सफलतापूर्वक सम्पन्न गरेका थिए । यस अगाडी डिएसपी हुँदा केसीले बौद्ध वृत्त र कार्कीले बानेश्वर वृत्तमा सफलताका साथ आफ्नो कार्यकाल सम्पन गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij