Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढी उकालो लागेको छ। चीनमा बढ्दो माग र अमेरिकी फेड रिजर्भको ब्याजदरमा दोहोरो अडानका कारण कच्चा तेलको भाउमा बढोत्तरी आएको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कच्चा तेलको खरिदमा वृद्धि भइरहेको विज्ञहरु बताउँछन्। 

    onlinepatrika
    Arghakhachi

    चीनले झन्डै तीन वर्षपछि सीमा नाका खोलेको छ। यसअघि त्यहाँ कोरोनासँग लड्न कडा प्रतिबन्ध लगाइएको थियो। गत मार्चमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो, जुन सन् २००८ यताकै उच्चस्तर हो। तर हालै प्रतिब्यारेल ७५ डलरको नजिक पुगेको छ। 

    AGNI GROUP

    गत साता ब्रेन्ट क्रुड र यूएस वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड (डब्ल्यूटीआई) ८ प्रतिशतले घटेको थियो। तर, यो साता भने निरन्तर बढेको छ। यो साता ब्रेन्ट ६.७ प्रतिशत र डब्ल्यूटीआई ६.२ प्रतिशत बढेको छ। 

    आज शुक्रबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट फ्युचर्स ४५ सेन्टले घटेर ८३.५८ डलर प्रतिब्यारेल कायम भएको छ। डब्ल्यूटीआई पनि ३३ सेन्टले घटेर ७८..०६ डलरमा झरेको छ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij